इटहरी : नेपाल पत्रकार महासङ्घले बराहक्षेत्र नगरपालिकाका मेयरलाई अवान्छीत गतिविधि रोक्न चेतावनी दिएको छ। मेयर रमेश कार्कीको सचिवालय सँग जोडिएका व्यक्तिबाट पत्रकार सुविन विश्वकर्मालाई धाकधम्की दिने कार्य निन्दनीय भएको बताएको हो ।

पत्रकार महासङ्घ कोशी प्रदेश समिति र सुनसरी जिल्ला समिति द्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएका कदमको खण्डन गरेको छ । प्रदेश सचिव विवेक गौतम र सुनसरी सहसचिव भोला श्रेष्ठले विश्वकर्माले समाचार लेखेकै आधारमा धम्की दिन नपाइने बताएका छन् ।

विश्वकर्माले साउन ८ गते हाम्रो शब्द डटकममा मेयर सँग सम्बन्धित समाचारको विषयमा भएको विवादमा महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रमुख सँग सम्बन्धित ‘अपरिपक्व मेयर जो आलोचना सहदैनन’ भन्ने शीर्षकको समाचारलाई लिएर सुरज क्षेत्रीले घरैमा गएर धम्की दिएको विषयमा महासङ्घले खेद व्यक्त गरेको हो ।

समाचारको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने वा कानुनी उपचारमा जाने विकल्प हुँदाहुँदै बाहुबलको प्रयोग भएकोमा महासङ्घले असहमति जनाएको छ । समाचार सँग असम्बन्धित व्यक्तिले धम्की दिने विषयले नगर प्रमुख रमेश कार्कीलाई लज्जा बोध हुनुपर्ने टिप्पणी गरेको छ ।

सुरज क्षेत्री र रोहित बस्नेतले हातखुट्टा भाचीदिन्छु भन्दै धम्की दिने काम निन्दनीय भएको बताइएको छ । मेयर समर्थन भविन चाम्लिङले ‘जहाँ भेट्छु त्यही पड्काइदिन्छु’ भन्दै आक्रमणको धम्की दिनुले मेयर कार्कीको नियत माथि संशय पैदा भएको महासङ्घको ठहर छ ।

patrakar pradesh