धरान : वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक माल्टा पठाइदिन्छु भनी मोटो रकम असुल गरेर फरार एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ७ का ३१ वर्षीय मौसम मग्राती हुन् । उनी उपत्यका भक्तपुरको सुर्यबिनायकमा बसेर वैदेशिक रोजगारीमा दलाली काम गर्दै आएका थिए ।

मग्रातीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरी टोलीले उनलाई बुधवार काठमान्डुको काँडाघारीबाट पक्राउ गरेको जनाएको छ ।

मग्रातीले टोकमन गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिनु भनी मोटो रकम लिएका थिए । रकम लिएपछि सम्पर्क विहीन भएका मग्रती विरुद्ध उजुरी गरेका थिए ।

पक्राउ गरिएका मग्रातीलाई अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डू पठाइएको जनाएको छ ।

कार्यालयले मग्रातीको फोटो सहित जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘टोकमान गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने जिल्ला सुनसरी वराहक्षेत्र नपा वडा नं ७  घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष ३१ को मौसम मग्रातीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको।’

baraha-pakrau