दक्षिण कोरिया  सरकारले व्यवस्थापन गरेको LUPIC प्रोजेक्टसॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित ३ दिने कार्यशाला गोष्ठीमा  एस्पायर कलेज , काठमाडौँ  विश्वविद्यालय B.Tech.Ed.IT कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू धुलिखेल  प्रस्थान गरेका छन् ।

B.Tech.Ed.IT का कोअर्डिनेटर खेमनाथ खतिवडाको नेतृत्वमा ३० जना विद्यार्थी सहितको टोली धुलिखेलतर्फ  प्रस्थान गरेको हो ।

धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयमा सम्पन्न हुने कार्यक्रममा कोरियन विश्वविद्यालय प्रोफेसर, विद्यार्थी,कोरियाबाट आएका विद्यार्थी,  काठमाडौँ  विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र कम्प्युटर साइन्सका प्रोफेसर लगायतको सहभागितामा गोष्ठी सम्पन्न हुने छ ।

उक्त कार्यशाला गोष्ठीमा आर्टिफिसियल इन्टेलिजेन्स इन रिवायरिङ एजुकेसनसँग सम्बन्धी विषयमा तालिम तथा गहन छलफल हुनुका  साथै नेपाल र कोरियाका विद्यार्थीहरू बिच अनुभवको आदानप्रदान समेत हुनेछ ।

एस्पायर कलेजका प्रमुख सि. एम. बस्नेतका अनुसार LUPIC प्रोजेक्ट अन्तर्गत गत वर्ष विद्यार्थीहरू  सिन्धुलीको कार्यशालामा समेत सहभागी भएको, सँगै अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुले ४० % छात्रवृत्ति समेत प्राप्त गर्न सकेको, कोरियन बिश्वबिद्धालयका प्रोफेसरले विराटनगर समेत भ्रमण गरेको र बिद्यार्थीहरुले प्रस्तुत  गरेका विभिन्न कार्यपत्र तथा उनीहरूको आइ टि प्रतिको लगाव देखेर पुनः कोरियन बिश्वबिद्धालयसगको सहकार्यमा ३ दिने कार्यशालामा सहभागी हुन निमन्त्रणा आए पश्चात् विद्यार्थीहरू धुलिखेल तर्फ प्रस्थान गरेको बताए।