धरान : सर्वोच्च अदालतको आदेश अनुसार कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आव्हान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयबाट शुक्रवार जारी विज्ञप्तिमा त्यस्तो दाबी साउन-१६ गते मङ्गलवार अपराह्न ५ बजे भित्र त्यस्तो दाबी पैश गर्न आव्हान गरिएको उल्लेख छ ।
विज्ञप्तिमा ‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेश बमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही विन्दुबाट संविधान सम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा’ मुख्यमन्त्री नियुक्तिको नयाँ प्रक्रिया सुरु गरिएको उल्लेख छ ।
विज्ञप्ति अनुसार मिति २०८०/४/१७ गते भित्र नेपालको संविधानको धरान १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नु भन्ने परमादेश जारी भएकोले सोही आधारमा नयाँ मुख्यमन्त्री नियुक्तिको दाबी पेस गर्न आव्हान गरिएको हो ।
प्रदेश प्रमुखद्वारा गरिएको आव्हान नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
khapung 1