धरान : पथरी शनिश्चरे-३ का राजकुमार तुम्बापोलाई कटुवा पेस्तोल राखेको अभियोगमा आइतबार साँझ पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज सोमवार दिएको जानकारी अनुसार ३२ वर्षीय तुम्बापोलाई घरैबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले राज कुमार तुम्बापोलाई घरैबाट कटुवा पेस्तोल सहित पक्राउ गरिएको र तुम्बापोलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।