धरान : नेपाली काँग्रेस केन्द्रीय समितिले प्रेस विज्ञप्ति मार्फत काँग्रेस कार्यकर्ताहरूलाई अहिले महामारीको रूपमा फैलिएको डेंगु प्रभावित व्यक्ति, परिवार तथा समुदायको सेवामा जुट्न आव्हान गरेको छ ।

डेंगु रोगको महामारीका कारण धरान सहित मुलुकको पूर्वी भूभाग विशेष गरी कोशी प्रदेशमा हाल सम्म दर्जनौँको ज्यान गइसकेको, सैयौं नागरिक सिकिस्त बिरामी परेको उल्लेख गर्दै महामारी फैलिने क्रम नरोकिएको उल्लेख गर्दै काँग्रेसले कार्यकर्ताहरूलाई उद्धार, सेवा र सहयोगमा जुट्न आव्हान गरेको हो ।

काँग्रेसले डेंगु प्रभावित बिरामीको उपचारका विशेष स्वास्थ्य रणनीति तथा महामारी नियन्त्रण गर्न दिगो र प्रभावकारी समाधान खोजी जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

वक्तव्यमा भनिएको छ ‘स्थानीय सरकार, स्वास्थ्य सम्बद्ध सङ्घ, संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारीपूर्वक कार्य गर्न हार्दिक अपिल गर्दछौँ ।’ महामारीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र ज्यान गुमाएका व्यक्तिहरूप्रति काँग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ ।

Congress Pr