धरान : भिभोले आफ्नो वाइ सिरिजमा नयाँ मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दै खेरी अरू स्मार्टफोन मोडलहरू भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरूको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ ।

४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ ।

६ जीवी र्‍याम र ६ जिबिको एक्स्टेन्डेड र्‍याम भएकोले गर्दा एपहरू स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र सङ्गीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ । 

नेपाली बजारमा रु २३,९९९ मा सार्वजनिक भएको वाइ२७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिबद्धता छल्किएको छ ।

राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरूको लागि यो उपयुक्त रोजाइ हुने कम्पनीको दाबी छ ।

यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरूलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ ।

यसको ज्यामितीय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै केरिने समस्या र औँलाको दाग बस्ने अथवा पनि हुँदैन । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रूप दिएको छ ।

५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामरा सहितको डुअल क्यामराले खिचेका तस्बिरहरूमा उत्कृष्ट डिटेलहरू पाउन सकिन्छ । त्यस्तै यसमा भएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनि लिन सकिन्छ ।

त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फीमा ग्लो दिन्छ । 

बर्गन्डी ब्ल्याक र सी ब्लुजस्ता आकर्षक रङहरूमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।