धरान  : उदयपुरको त्रियुगा नगरपालिका-१० मा शनिवार राती भएको मोटरसाइकल दुर्घटनामा त्रियुगा-६ जलजलेका २५ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना चालक त्रियुगा-६ का २२ वर्षीय पङ्कज चौधरी र २७ वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा ३ जना सवार थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार प्रदेश १–०२–०४४ प ८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका पछाडि बसेका सुदिप चौधरीको जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । गम्भीर घाइते भएका चालक पङ्कज चौधरी र मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर पुर्‍याइएको छ ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।