धरान : धरानमा २९ औ विश्व आदिवासी जनजाति दिवस पानी झरीका बिच मनाइँदै छ ।

आज बुधवार बिहान पब्लिक देखि सुरु भएको र्‍याली धरान-१२ स्थित चतरालाईनको छाता चोक, सिंहदेवी चोक, माछाभौडी हुँदै धरान-१५ स्थित चुम्लुङ भवनमा पुगेर औपचारिक कार्यक्रम हुने भएको  छ ।

कार्यक्रमको औपचारिक समुद्घाटनको प्रमुख अतिथि  मेयर हर्क साम्पाङ, विशेष अतिथि उपमेयर आईन्द्र विक्रम बेघा लगायत आदिवासी जनजाति नेताहरूले  आदिवासी जनजातिका विषयमा बोल्ने भएका छन् ।