वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ८ को कार्यालयमा आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इनरुवा शाखाले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
बिहीबार कम्पनी लिमिटेडको छैटौँ वार्षिक उत्सवको अवसरमा वराहक्षेत्र वडा न ८ को कार्यालयसँगको संयोजन तथा कोसी आँखा अस्पताल इनरुवाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको कम्पनीका इनरुवा शाखा प्रमुख पुष्कर पोख्रेलले बताए ।
गत वर्ष कम्पनीको इनरुवा शाखाले पाचौ वार्षिक उत्सवको अवसरमा वराहक्षेत्रकै चक्रघट्टिमा निःशुल्क दन्त शिविर आयोजना गरेको थियो ।
बिहीबार भएको नि:शुल्क आँखा शिविरमा ८० जना सेवाग्राहीले सेवा लिएका थिए भने ४ जनालाई मोतिया बिन्दुको अपरेसनको लागि विराटनगर रिफर गरिएको छ ।
ime life insurance 2