विराटनगर : नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ ।

वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरू सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ ।

जसअनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको हो ।

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको  विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल सङ्गठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देवेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको छ ।

यस्तै पथरी शनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको जिल्ला सचिव रिहानले बताए । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सिन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाल रहेका छन् । यस्तै सदस्यहरूमा अभिषेक मगर, सन्जोग याक्खा राई, भूमिराज अधिकारी, दीपेश खड्का, सन्तोष कुमार विश्वकर्मा, मदन खड्का, दिलीप चौधरी, आइतबहादुर राई, गोविन्द मण्डल, हेमराज लामिछाने र सन्तोष विक लगायत रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् । सचिवमा दीप पोखरेल (दीपक) रहेको समिति गठन भएको वाइसिएल मोरङका सचिव रिहानले बताए ।

यस्तै बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् । उपाध्यक्षमा सुवास राई, समीर सुनुवार, अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, सहसचिवमा प्रकाश राउत, नेपाल राई, बैजनाथ खवास, अजय चौधरी, राजेन्द्र राई, रोमन लुइँटेल, सम्झना लिम्बू र कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् ।

यस्तै रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईँ चयन भएका छन् । उपाध्यक्षमा नन्दु अधिकारी, पन्चलाल अमात्य, ब्रह्मदेव शाह, सचिवमा लक्ष्मी मैनाली, सहसचिवमा कमल नेपाली, सुनिल चौधरी र कोषाध्यक्षमा कमला पाण्डे पदाधिकारी रहने गरी समिति गठन भएको हो ।

यता सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन् । उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दिपा विक, सचिवमा प्रदीप परियार, सहसचिवमा सर्बन कबिरथ, कोषाध्यक्षमा विनोद सुन्दास पदाधिकारी रहेको समिति गठन भएको हो ।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै सङ्गठन निर्माण अभियान सुरु गरेको जनाएको छ ।