धरान : धरानमा फैलिएको डेङ्गु महामारीमा गम्भीर बिरामी परेकालाई रगतको आवश्यकता परेकोले धरान वडा ३ कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा कुल ६८ प्रिन्ट रगत सङ्कलन भएको कार्यक्रम संयोजक तथा वडा सदस्य  मिङ्मा भोटे जानकारी दिए ।

उनले भने डेङ्गु महामारीले आक्रान्त धरानमा सङ्क्रमितलाई रगत चाहिने हुँदा बिपीमा समेत  रगत अभाव भएको हुँदा बिरामीलाई रगत अभाव हुन नदिन रेडक्रसको अनुरोधमा  रक्तदान कार्यक्रम गरिएको हो ।

डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर  ३ ले  सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औषधी धुवाँ र लार्भा नष्ट गर्न   सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक भोटेले बताए ।

रक्तदान कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर ३ अध्यक्ष विद्या शाक्यको अध्यक्षतामा भएको थियो ।

सम्पूर्ण टिएलओ अध्यक्षहरु र सदस्यहरू साथै नेकपा माओवादी कार्यवाहक अध्यक्ष सर्वजित राई र नेपाली काँग्रेस ३ वडा सभापति उमेश श्रेष्ठको उपस्थित रहेको थियो।