वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ८ शुक्रवारे स्थित जनता आधारभूत विद्यालयमा बाल उद्यान निर्माण भएको छ । वडा नं ८ का स्थानिय युवा समाजसेवी भीम कटवालको संयोजनमा काठमाडौँ स्थित कर्मयोग फाउन्डेसन र लक्ष्मी बैङ्कसँगको सहयोगमा उक्त बाल उद्यान ( चिल्डेन पार्क ) निर्माण भएको हो ।

उक्त बाल उद्यान केन्द्रको आइतबार नगर प्रमुख रमेश कार्कीले उद्घाटन समेत गरेका छन् । प्राय आर्थिक रूपमा कमजोर विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयमा बाल उद्यान केन्द्र निर्माण गरिएको भीम कटवालले बताए । विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गराउन र विद्यार्थीहरूलाई मनोरञ्जनकालागि उद्यान निर्माण गरिएको उनले बताए ।

विद्यालयको प्राङ्गणमा भएको उक्त बाल उद्यान उद्घाटन कार्यक्रममा सबयोगि संस्था कर्मयोग फाउन्डेसन र लक्ष्मी बैङ्कका संस्थापक, प्रतिनिधिहरू, वराहक्षेत्रका समाजसेवी अनु गरुङ्ग, सुरेन्द्र गुप्ता, राधिका कटवाल,  खेमबहादुर थापा, स्थानिय जनप्रतिनिधि, बुद्धिजीवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

bal uddhan 3

bal uddhan 1