वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले मन्दिर क्षेत्र सरसफाइ रङ्ग रोगन र बाटो मर्मत गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

सोमवार साउन २९ गते आफ्नो ३५ औँ जन्मदिनको अवसरमा वराहक्षेत्र-१ खारखोला स्थानीयले महत्त्वपूर्ण रूपमा मान्ने गरेको शिहदेवी मन्दिर क्षेत्रको सर सफाइसँगै सुन्दरताकोलागि रङ्ग रोगर र झण्डा चौकदेखि हाटखोलासम्मको सडक भित्र रहेका पानी जम्ने खाल्डाहरूको मर्मत गरेर जन्मदिन मनाएका हुन् । 

जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । खारखोलावासीहरूको आस्थाको केन्द्रको रूपमा रहेको शिहदेवी मन्दिर क्षेत्रमा झाडीहरू बढेको र मर्मत सम्भारको पर्खाइमा रहेकाले सरसफाइ गरिएको र झण्डा चौकदेखि हाटखोला भित्र परेका खाल्डाहरूमा सिमेन्ट लगाएर प्लास्टर लगाइएको छ । 

श्रेष्ठले विगतका जन्मदिनको अवसरमा बाटोको किनारामा वृक्षारोपण, साधुहरूलाई भोजन  गराउने, चोकमा सुरक्षित यात्राकालागि बोर्ड, सिसी क्यामरा लगाएर जडान गरेका थिए । जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सदस्य प्रदेश पार्षद्सँगै  वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य समेत हुन् ।

santosh bday 1

santosh bday 2

santosh bday 4