धरान : ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ फाकुम्बाका ३३ वर्षीय डिल्ली कुमार लिम्बुलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार घटना आज सोमवार बिहान साँढे १० बजेको हो । डिल्लीले ६३ बर्षिया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रहरीलाई उक्त घट्नाको खबर प्राप्त भए लगत्तै साँघु प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोलीले डिल्लीलाई नियन्त्रणमा लिएको हो । हत्याको उक्त घटना सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको  छ ।