वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु भन्दा अगाडि सामूहिक रूपमा राष्ट्र गानमा अनिवार्य सहभागी हुनु पर्ने भएको छ ।

कर्मचारीहरूको कार्यालय प्रवेश गर्ने निर्धारित समय, कार्यालय पोसाक, कार्यालयको नियमित कामसँगै नागरिकहरूको सेवा प्रवाहमा प्रति पूर्ण रूपमा जिम्मेवारी बनाउन अनिवार्य कार्यालय प्रवेश अगाडि राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार कर्मचारीहरूलाई समयमै कार्यालय प्रवेशसँगै सेवा ग्राहीहरूको कामलाई छिटो, छरितो बनाउन अनिवार्य रूपमा नियमित बिहान ठिक १० बजे नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूलाई राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम बनाइएको हो । बिहीबारबाट लागू भएको उक्त नियम अनिवार्य र नियमित गरिने छ ।