धरान : गोरु काटेर मासु खाएको कुरा मिडियामा प्रचार गरिनु हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुर्याउने कार्य भएको भनी राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

राप्रपा प्रवक्ता, प्रचार विभाग प्रमुख मोहनकुार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन ।

धरानमा गोरु काटेको अभियोगमा पक्राउ परेका व्यक्ति धरोैटीमा छुटेपछि, केही आदिवासी अधिकारकर्मीले उसलाई स्वागत, सम्मान गर्दै गोरु काटेर मासु खाएको कुरा फेसबुक, युट्युब मार्फत प्रचार गरिरहेका छन् ।

राप्रपाको आपत्ति वक्तव्य मार्फत त्यसैमा लक्षित छ । वक्तव्यमा भनिएको छ "सार्वजनिक रूपमा गोरु काट्नु त्यसलाई मिडियामा ल्याउनु, सामाजिक सञ्जालमा पोष्ट गर्नु दुःखद र आपत्तिजनक छ ।"

यस्ता गतिविधिले सामाजिक सद्भाव खलबल्याउने भएकोले सरकारको ध्यानाकर्षण गराइएको छ ।

Raprapa-PR-goru-1