धरान : मोरङको उर्लाबारी र उदयपुरको चोैदण्डीमा हिजो भएको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मोरङको उर्लाबारी नगरपालिका-३ मस सोल्टी पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-१ का ४३ वर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा मृत्यु छ ।

त्यसै गरी उदयपुरको चौदण्डिगढी नगरपालिका-१० स्थित मदन भण्डारी स्मृति लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको ना. ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा जिल्लाको मिथिला नगरपालिका-११ का १७ वर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।