वराहक्षेत्र : नेपाल मगर संघको भातृ संस्था मगर बौद्ध विहार सेवा समाज वराहक्षेत्र नगर समितिले कोसी प्रदेशका बौद्ध विहार समूह अर्थात् मगर जातिका पुजारी बिच अन्तर्क्रिया तथा छलफल कार्यक्रममा आयोजना गर्ने भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं.२ चतरा स्थित मगर संघ वडा समितिको भवनमा हुने कार्यक्रममा प्रदेश भरबाट १ सयको संङख्यामा बौद्ध बिहारका पदाधिकारीहरू सहभागी हुनेछन् ।

नेपाल मगर संघ वराहक्षेत्र नगर कार्य समितिसँगको सहकार्यमा हुने कार्यक्रम मगर बौद्ध बिहार सेवा समाज वराहक्षेत्रले आयोजना गर्ने छ ।

शनिवार उक्त कार्यक्रम लक्षित गरी बैठकले कार्यक्रमलाई सफल बनाउन तीव्र रूपमा तयारी थाल्ने निर्णय गरेको छ । कार्यक्रममा मगर जातिको संस्कृति, रीतिरिवाज, भेषभूषा, भाषा जस्ता कुराको जानकारी तथा प्रशिक्षणको कार्यक्रम समेत रहेको मगर संघ वराहक्षेत्र नगर समितिका अध्यक्ष सुमन पुलामी मगरले बताए ।

baudha sewa samaj 2