धरान : सुनसरी उद्योग वाणिज्य संघले सुरु गरेको निशूल्क डेङ्गु शिविरमा सहयोग जुट्न थालेको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले शिविरमा आवश्यक औषधी तथा किटहरू सहयोग गर्दै आएका छन् ।
संघ सञ्चालन गरेको शिविरमा काठमाडौँमा रहेका धरानेहरूले डेङ्गु परीक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् । काठमाडौँमा रहेका धरानेहरूको संस्था हामी धराने संस्थाले १ लाख ५३ हजार मूल्य बराबरको औषधी सहयोग गरेको हो ।
संस्थाले ६ सय ५० डेङ्गु परीक्षण किट सहित सिटामोल, सिलाइन लगायत डेङ्गु सङ्क्रमितहरूलाई आवश्यक औषधी सहयोग गरेको हो । संस्थाका सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य लगायतको ४ सदस्य टोलीले शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो । श्रेष्ठको नेतृत्वको टोली संघका अध्यक्ष विजय श्रेष्ठ, पुव अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारीसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो । धरानमा डेङ्गुको महामारी फैलिएको र उपचारमा समस्यामा भएको विभिन्न सञ्चार माध्यमबाट आफूहरूले थाहा पाएपछि संस्थाका संयोजक संगम श्रेष्ठ र अग्रज राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि)को नेतृत्वमा काठमाडौँमा रहेका धरानेहरूसँग सहयोग सङ्कलन अभियान सुरु गरेको संस्थाका सचिव विनोद श्रेष्ठले बताए । 
उनले उनीहरूको नतृत्वो रकम सङ्कलन गरी किट तथा औषधी खरिद गरी धरान लिएर आएको जानकारी दिए ।
उनले बसोबासको हिसाबले मात्र अहिले काठमाडौँमा रहेका बताउँदै उनले आफूहरू धरान बाहिर नरहेको बताए । आपत् विपतको समयमा मात्र नभई  धरानको  विकास निमार्ण समेत आफूहरू सदैव धरानको साथमा रहेका उनको भनाई थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धराने संस्थासँगै काठमाडौँमा रहेको सहयोगी धरानेहरूलाई धन्यवाद दिए ।
hami dharane ko sahayog 2