धरान : प्रदेशकै उत्कृष्ट यशोदा लिम्बुलाई धरान उच्च कलेजले एक भव्य कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको वाणिज्य संकाय विविएस दोस्रो वर्षको परीक्षामा प्रदेश उत्कृष्ट छात्रा यशोदालाई आइतबार बधाई ज्ञापन गरेको हो ।
प्रदेश उत्कृष्ट छात्रा वीरेन्द्र मेमोरीयल कलेज धरानमा अध्ययनरत विविएसकी विद्यार्थी हुन ।
प्रदेश उत्कृष्ट छात्रा यशोदाले वाणिज्य संकायको परीक्षामा ७५.४ प्रतिशत अर्थात ३७७ अङ्क ल्याएकी थिइन्।
विद्यार्थीलाई पढ्नमा थप हौसला प्रदान गर्दै विद्यार्थीको मनोबल वृद्धि गरी भविष्य उच्च बनाउन र आगामी दिनमा अझै राम्रो र उत्कृष्ट नतिजा ल्याउन सफल हुन भन्ने सन्देश दिनको लागि कार्यक्रमको आयोजना गरिएको वीरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले बताए । 
धरान उच्चका अध्यक्ष शिवनारायण शाहले भने  विद्यार्थीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्न विद्यार्थीलाई आन्तरिक तथा बाह्य कार्यक्रमहरू समावेश गर्न कलेजले बधाई ज्ञापन कार्यक्रम गरेको बताए ।
उनले प्रदेशकै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजमा सम्पूर्ण विद्यार्थीका अभिभावकहरू एक पल्ट अवलोकन गर्न र कलेजको वातावरणमा बुझ्न आग्रह गरे ।
yasodha limbu 2