धरान : गाई, भैँसीलाई खुवाउन परालको कुटी काट्ने विद्युतीय मेशिनबाट करेन्ट लाग्दा झापामा बुधवार एक युवकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका-९ का २४ वर्षीय अमृत रेग्मी आफ्नै घरमा कुटी काट्दै गरेको अवस्थामा कुटी काट्ने मेसिनबाट अचानक करेन्ट लागेर घाइते भएका थिए ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार दिउसो अढाई बजे करेन्ट लाग्दा घाइते भएका रेग्मीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।