धरान : सुनसरी प्रमुख  जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको प्रमुख प्रवेश नाकाहरू तोकेर त्यस भित्रका वडा क्षेत्रमा आज शुक्रवार राती १२ बजे देखी भोली शनिवार १२ बजे रातीसम्म सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक, सभा, रयाली, भेला प्रदर्शन लगायतका कार्यक्रम गर्न नपाउने गरी निषेधादेश जारी गरेकि छन् ।

आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने ब्यहोरा सुनसरी जिल्ला प्रशासनद्वारा आज शुक्रवार प्रकाशित सूचनामा जनाइएको छ ।

निषेधादेशमा तोकिएका नाकाहरूले बाहिरबाट धरान प्रवेशमा पनि उक्त अवधिमा कडाइ गरिने देखिन्छ  ।

तोकिएका नाकाहरूमा :

१. धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र-१ मा पर्ने झन्डा चौक देखी धरान तर्फको क्षेत्र ।

२. धरान प्रवेश गर्ने पश्चिम दक्षिण नाका रामधुनी-६ बाट वराहक्षेत्र-३ नडाहा चौकबाट धरान क्षेत्र ।

३. इटहरी-२०, तरहरा पानी पिया देखी उक्त धरान तर्फको क्षेत्र ।

४. धरान वडा ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान प्रवेश गर्ने क्षेत्र ।

५. धनकुटा जिल्ला साँगुरीगढी गापा-६ भेडेटारबाट धरान तर्फको क्षेत्र निषेधित घोषित गरिएको छ ।

डेङ्गु महामारी नियन्त्रण नआउने आक्रान्त धरानलाई ‘जनस्वास्थ्य आपातकालीन अवस्था’ घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको अवस्थामा धरानको धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट एवं शान्ति, सुरक्षाको सम्बोधनशीलतालाई निषेधादेश जारी गरिएको सूचनामा उल्लेख छ ।

jilla prasasan