धरान : प्रहरीले मोरङ बेलवारी-१० का २६ वर्षीय सुरेश धिमाल, गौरादह-४ का २५ वर्षीय सन्देश लिम्बु र उर्लाबारी-७ का २७ वर्षीय विनोद लिम्बुलाई कडा लागुऔषध ब्राउनसुगर सहित आइतबार राती पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार र्यलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका २ वटा मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ४४ ग्राम २८० मिलिग्राम कडा लागुऔषध ब्राउनसुगर सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७२५ रुपैयाँ र ३ थान मोवायल बरामद गरेको छ । तिनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको बताइएको छ ।