वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले १२ वटा रोग सम्बन्धी विशेषज्ञ डाक्टर सहितको नि-शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भएको उक्त स्वास्थ्य शिविर वडा नं ३ भरौली स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भएको थियो ।

शिविरमा जेनेरल मेडिसिन, स्त्री रोग सम्बन्ध, शल्यक्रिया, नाक, कान, घाटी त्यस्तै बाल रोग, आँखा जाँच, भिडियो एक्स-रे,  मुटु जाँच( हिसीजी), ल्याब टेस्ट, हार्डजोर्नी, दन्त रोग र छाला रोग गरी १२ बटा रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूले निःशुल्क परीक्षण, परमार्थ, चेकजाँच र उपलब्ध औषधि समेत नि-शुल्क वितरण गरिएको थियो ।

आर्थिक अवस्थाका कारण अस्पताल गएर विशेषज्ञ डाक्टरहरूलाई परीक्षण गराउन नसकेका बिरामीहरूलाई केन्द्रित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । १२ वटै रोगको परीक्षण गर्ने १२ जनानै विशेषज्ञ डक्ट सहितको शिविरबाट आर्थिक अभावका कारण रोग लुकाएर बस्नु भएका बिरामीलाई फाइदा पुगेको नगर प्रमुख कार्कीले बताए ।

नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरेर नि-शुल्क स्वास्थ्य बिमा , नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको विकास, सेवा थप लगाएको कार्य गरिरहेको र निःशुल्क स्वास्थ्य शिविरलाई समेत निरन्तर दिइने नगर प्रमुख कार्कीको भनाई छ । सोमवार वडा नं ३ का अध्यक्ष राजदिप लामाको सभाध्यक्षयतामा आयोजना भएको शिशिरको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए । शिविरको उद्घाटन कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षण रामप्रसाद तिमल्सिना, नोबेल अस्पताल विराटनगरका मार्केटिङ अफिसर नवीन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

१२ वटा रोगमा स्थानीय महिला, पुरुष, किशोर,किशोरी, ज्येष्ठ नागरीहरू लगाएर विद्यार्थीहरू गरी १५ सय भन्दा बढी सेवाग्राहीले शिविरबाट सेवा लिएका थिए । शिविरमा मेडिसिन विशेषज्ञ डाक्टर सुरजराज अर्याल, रेडियोलोजिष्ट डाक्टर नेहा श्रेष्ठ, दन्त रोग विशेषज्ञ डाक्टर कमल बिक, हडि तथा नसा रोग विशेषज्ञ डाक्टर प्रकाश यादव, छाला रोग विशेषज्ञ डाक्टर साईमान कोईरला, नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टर सविशकुमार यादव, सर्जन विशेषज्ञ डाक्टर योगेन्द्र देवकोटा, बाल रोग विशेषज्ञ डाक्टर युनिक भट्टराई, स्त्री रोग विशेषज्ञ डाक्टर एलिसा रोनियार र डाक्टर उषा खनाल, मेडिसिन डाक्टर ललित बोकटिले सेवा परीक्षण, परामर्श र चेक जाँच गरेको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।

barachetra nisulka siwir 2

barachetra nisulka siwir