वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सामुदायिक विद्यालयको छड्के निरीक्षण सुरु गरेको छ । विद्यालयको शैक्षिक अवस्था, सिकाई क्रियाकलाप , प्रयोगात्मक ज्ञान, शिक्षकको हाजिरी लगायतको निरीक्षण गर्न नगर प्रमुख रमेश कार्की सम्बन्धित वडाका अध्यक्ष सहित विद्यालयमा पुग्न थालेका हुन् ।

मङ्गलवार वडा नं १० स्थित रामधुनि आधारभूत विद्यालयमामा निरीक्षण गरिएको थियो । निरीक्षणमा नगर प्रमुख कार्की सहित वडाध्यक्ष तेजबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउने अभियानलाई सार्थक बनाउन निरीक्षण थालिएको नगर प्रमुख कार्कीको भनाई छ । यसलाई अभियानको रूपमा निरन्तरता दिइने छ ।

विद्यालयमा रहेका शिक्षक, हाजिरी, कक्षा कोठामा पुगेर विद्यार्थीसँग छलफल, विद्यालयको प्रशासन र भौतिक संरचनाको अनुगमन र निरीक्षण कार्य नगरपालिकाका सबै विद्यालयमा गरिने छ ।

सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर बढाउन, विद्यालयको प्रशासनिक कार्य र विद्यालयहरूसँग छलफल गर्ने छड्के रूपमा विद्यालय को निरीक्षण गरिने नगर प्रमुख कार्कीको भनाई छ ।

barachetra chadke nirixan 2