धरान : नेवार समुदायको परम्परागत पर्व गाईजात्रा पछि आज शुक्रवार रोपाई जात्रामा खड्गी सेवा समाजले आयोजना आयोजना गर्दै आएको रोपाई जात्रा प्रदर्शन गरिएको छ । यसलाई सर्वसाधारणले हिले जात्रा भन्ने गरेका छन् ।

यो जात्रामा मनोरञ्जनात्मक रूपमा दर्शकहरूलाई हँसाउने गरी हिलाम्मे किसान र मानिस नै हलगोरु बनेर मेलो छाडेर लाखापाखा लागेर दौडेर घर घर पसेर रोचक प्रदर्शन गरिन्छ । रोपाइँ जात्रा बर्सेनि धरानका खड्गी युवा जमातको सहभागितामा खड्गी सेवा समाजले आयोजना गर्दै आएको छ ।

हिले जात्रा भानुचोक हुँदै छाता चोक, धरान उपमहानगरपालिका प्राङ्गणमा जात्रा प्रदर्शन गर्दै पुनः छाता चोक, सिंहदेवी चोक हुँदै बजार परिक्रमा गरेको थियो ।

नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने हिलेजात्रा एक महत्त्वपूर्ण पर्व हो । जात्रामा पुरुषहरू महिलाको भेष धारण गरेर विभिन्न रूपमा व्यङ्ग्यात्मक कला प्रस्तुत पनि गर्दछन् । हलो, कोदाले र बाउसे गर्दे हिले जात्रा पर्व मनाइन्छ ।

धरानमा बिहान हिलेजात्रा सकेर साँझ ४ पछि रोपाई जात्रा निकालिने भएको छ । किसानको जीवनलाई जीवन्त रूप दिन हिलेजात्रा र रोपाईजात्रा मनाउने प्रचलन रहेको छ ।

hile jatra

hile jatra 3

hile jatra 4

hile jatra 5

hile jatra 6

hile jatra 7

hile jatra 8