काठमाडौँ : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले मन्त्री लिम्बूलाई आज साँझ ५ बजेर ४० मिनेटमा अस्पतालले डिस्चार्ज गरिदिएको जानकारी दिए ।

मन्त्री लिम्बू डेंगीको उपचारका लागि गत शनिवारदेखि अस्पताल भर्ना भएका थिए । पूर्ण रूपमा स्वास्थ्य भएकाले उनलाई आज अस्पतालले डिस्चार्ज दिएको हो ।

नियमित कामका लागि मन्त्री लिम्बू एक सातापछि मात्र मन्त्रालय उपस्थित हुने भएका छन् ।

स्वकीय सचिव राईका अनुसार चिकित्सकले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।