धरान : शिक्षा निकेतन मावि कक्षा १२ की छात्रा स्मृति राई धरानमा आयोजित अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । प्रथम पुरस्कार स्वरूप उनले ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरिन् ।

दोस्रो स्थान महेन्द्र बहुमुखी क्याम्पसका नवीन राई र तेस्रो स्थान धरान मोडल कलेजकी समीक्षा छिलिङ राईले हासिल गरिन् । उनीहरूले ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता किरात राई विद्यार्थी सङ्घको २५ औ स्थापना दिवस अवसरमा आयोजना गरिएको हो । प्रतियोगिता किरात संस्कार सस्कृती सरक्षणमा राई विद्यार्थीको भूमिका विषयमा भएको भएको थियो । प्रतियोगितामा ६ जना सहभागी थिए ।

प्रमुख अतिथि किरात राई यायोक्खा अध्यक्ष राजेन्द्र राईले राईहरू प्रकृति पूजक रहेकोले संस्कार सस्कृती धनि रहेको बताए । किरात राई विद्यार्थी सङ्घले विद्यार्थी हितका लागि काम गर्दै आएको विद्यार्थी सङ्घका अध्यक्ष अर्जुन राईले बताए ।

प्रतियोगिताको निर्णायकहरूमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, किरात राई विद्यार्थी सङ्घका केन्द्रीय सचिव हेमराज राई थिए । विद्यार्थी सङ्घका सुनसरी अध्यक्ष अर्जुन राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।