धरान : धरान-१५ स्थित केके इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

स्कुलका एक १२ वर्षीय बालकलाई यौन क्रियाकलाप गर्न उक्साएको आरोप सहित मंगलबार साँझ अभिभावकले उजुरी गरेको आधारमा बुधवार बिहान अग्रवाललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताए ।

उनका अनुसार अग्रवाललाई बाल यौन दुव्र्यबहारको आरोपमा पक्राउ परेका हुन । अध्यक्ष अग्रवाललाई म्याद थप गर्न  जिल्ला अदालत सुनसरीमा पठाइने डिएसपी मल्लले जानकारी दिएका छन् । उनका अनुसार म्याद थपिएपछि घटनाको विषयमा थप अनुसन्धान गरिने छ ।