झापा :  २०८० भाद्र २० गते झापाको भद्रपुर नगरपालिका-८ विमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मङ्गलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्सालवारिकी २८ वर्षीय कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ वर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काँकडभिट्टाबाट पक्राउ परेका हुन् ।

लागुऔषध सहित पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।