दमक : गौ हत्याको विरोधमा झापाको दमकमा आज सद्भाव र्‍याली निकालिएको छ ।

ओमकार परिवारको आयोजनामा निकालिएको सद्भाव र्‍यालीमा सुनसरी लगायत देशका विभिन्न स्थानमा गौ हत्या हुँदा पनि प्रशासनले हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै भर्मन गुरुहरू समेतको उपस्थितिमा त्यसको विरोध गरिएको हो ।

सद्भाव र्‍यालीमा जगद्गुरु बालसन्त, त्यसैगरि गौ संरक्षण अभियानका अभियन्ता नन्द किशोर भारद्वाज लगायत अन्य धार्मिक अगुवाहरूको समेत उपस्थिति रहेको थियो ।

र्‍यालीले दमक नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो भने र्‍यालीमा सहभागीहरूले गौ हत्या बन्द गर, हत्यारालाई कारबाही गर, हिन्दु राष्ट्र कायम गर भन्दै नारा लगाएका थिए । सामाजिक सद्भाव कायम राख्न सद्भाव र्‍यालीको आयोजना गरिएको आयोजक ओमकार परिवारले जनाएको छ ।

gau chetana 3

gau chetana 2