इटहरी : भिभो मोबाइल ब्राण्डले पूर्वका कर्मचारीहरूमा फोटो प्रतिस्पर्धा सुरु गरेको छ । चाडपर्व नजिकिएसँगै भाइचारा अभिवृद्धि गराउने उद्देश्यले मेलमिलाप पूर्ण प्रतिस्पर्धा गरिएको हो ।

भिभो मोबाइल पूर्व क्षेत्रका सेल्स म्यानेजर निमेष घिमिरेका अनुसार फोटो कन्टेस्टमा सहभागी उत्कृष्ट कर्मचारीलाई आकर्षक उपहार प्रदान गरिने भएको छ ।

‘पूर्वमा २५ जना ब्राण्ड एम्बेस्डर (भिबिए) बिचको प्रतिस्पर्धामा भिभोको पेजमा पोष्ट गरिएका फोटोहरूमा लाईक र सेयर बढी हुने दुई जनाले पुरस्कार पाउने छन् । भर्खरै बजारमा आएको वाई २७ मोडलसँग खिचेको तस्बिर अपलोड गर्नुपर्ने हुन्छ । २३९९९ बराबरको सो फोन सेट सहितको तस्बिरमा आएको लाईक र सेयरको आधारमा उत्कृष्ट छनौट गरिन्छ,’ उनले भने ।

मोबाइलको सेल्समा आबद्ध भिभो ब्राण्ड एम्बेस्डरहरूलाई विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्ने गरिएको उनले बताए । विदेश भ्रमण देखी अन्य आकर्षक स्किमबाट कर्मचारीलाई ऊर्जा थप्ने काम भएको उनको भनाइ छ ।