इटहरी : इटहरीमा आज देखि निःशुल्क शव-वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको छ।

नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव-वाहन सेवा सुरु गरिएको जनाए ।

इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव-वाहन र घर देखि इटहरी अस्पताल सम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ ।

नगर प्रमुख पौडेलले आफू निर्वाचित भए देखि नै इटहरी अस्पताल बनाउन दिनरात खटेको बताउँदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने बताए ।

'मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान जानु नपरोस् भन्ने हो', प्रमुख पौडेलले भने । 'पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव-वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेका हौ', नगर प्रमुख पौडेलले भने ।

अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भए सँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

ambulance sabwahan sewa 2