सुनसरी : सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका-४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।