वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा नगर सेवा दल नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २३ पिन्ट रगत सङ्कलन भएको छ । 

बुधवार नगर सेवा दलले हाल अस्पतालहरूमा भई राखेको रगतको अभावलाई मध्यनजर गरेर सेवा दल मार्फत रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक रोहित बस्नेतले जानकारी दिए। रक्तदान कार्यक्रम आयोजना र सफल बनाउन नगर प्रमुख रमेश कार्की , वडाध्यक्षहरू, स्थानिय नेताहरू, स्थानिय सङ्घ संस्थाका प्रतिनिधि, विद्यार्थी, युवाहरूले महत्पूर्ण सहयोग भएको कार्यक्रम संयोजक बस्नेतले बताए ।

वराहक्षेत्र-६ चक्रघट्टि नेपाल रेडक्रस सोसाइटी उप-शाखा महेन्द्रनगरको भवनमा आयोजना भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग समन्वय तथा प्राविधिक सहयोग आयोजना भएको थियो ।

कार्यक्रम संयोजक रोहित बस्नेतको सभा अध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।

rakta daan 2