धरान : रिचार्जेबल टर्च लाइट विद्युतको स्विच बोर्डमा लगाउँदा अचानक करेन्ट लागेर मङ्गलवार साँझ एक बालिकाको मृत्यु भएको छ ।

सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका-१ की सराज मन्सुरीको १० वर्षीय छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । 

उनलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको भोक्राहा नर्सिङह प्रहरी चौकीले जनाएको छ ।