वराहक्षेत्र : संविधान दिवसको अवसरमा मङलबार वराहक्षेत्र नगरपालिकाको सम्पूर्ण ११ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । गत शुक्रवार बसेको नगरपालिकाको कार्यपालिका बैठकले ३ दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार ११ वटै वडामा बिहान सरसफाइ र नगरपालिकाको आयोजनामा चक्रघट्टि बजार क्षेत्रको सरसफाइ गरिएको थियो । सरसफाइ कार्यक्रममा स्थानिय संघ, संस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, सशस्त्र, नगर प्रहरी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा पहिलो कार्यक्रम सरसफाइ गरेको नगरपालिकाले मङलबार, बुधवार र बिहीबार साँझ नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा दिप प्रज्वलन गर्न र संविधान दिवसको दिन बुधवार बिहान चक्रघट्टिमा ब्यानर तथा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिने नगर प्रमुख रमेस कार्कीले जानकारी दिए ।

sambhidan diwas 3

sambhidan diwas 4

sambhidan diwas 2