वराहक्षेत्र : शुक्रवार चक्रघट्टि जेसिजले आयोजना गरेको स्लो मोटरसाइकल गियर डाउन प्रतियोगितामा गणेश अधिकारी विजयी बनेका छन् । उनले ५० मिटरको निर्धारित दुरी १ मिनेट ३५ सेकेण्ड ५७ माईक्रोसेकेण्डमा पार पारेका थिए । निर्धारित दुरी १ मिनेट २८ सेकेण्ड ४२ माईक्रोसेकेण्डमा पार गर्दै सञ्जय मेहता दोस्रो हुन सफल भए । त्यस्तै निर्धारित दुरी १ मिनेट २५ सेकेण्ड ४० माईक्रोसेकेण्डमा पार गर्दै रविन दाहाल तेस्रो भएका थिए ।

चक्रघट्टि जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रमको रूपमा ट्राफिक सचेतनाका लागि उक्त स्लो मोटरसाइकल गियर डाउन प्रतियोगितामा आयोजना गरिएको चक्रघट्टि जेसिज २०२३ का अध्यक्ष तेजबहादुर पुरी (सन्तोष) ले बताए । चक्रघट्टि जेसिज २०२३ का अध्यक्ष पुरिको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना प्रमुख अतिथि रहेका थिए ।

चक्रघट्टि जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रममा तिज विशेष, दोस्रो संविधान दिवसको अवसरमा प्रभात फेरि तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरी सकेको छ । चौथो कार्यक्रम अन्तर्गत शनिवार दोस्रो संस्करणको वराहक्षेत्र रन, पाचौ कार्यक्रम उत्कृष्ट भाषण कला तथा उत्पेणा तालिम, छैटो कार्यक्रम चित्रकला र सातौँ कार्यक्रम जनप्रतिनिधिसँग जेसिज संसदीय अभ्यास तथा प्रभावकारी बैठक सञ्चालन विधि कार्यक्रम गरी शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेर सप्ताह व्यापी कार्यक्रम सम्पन्न हुने २०२३ का कार्यकारिणी उपाध्यक्ष अर्जुन (शिशिर) तामाङले बताए ।

gear down

gear down 3