धरान : शिक्षा विधेयकको विरोधमा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी सबै स्कुल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । काठमान्डु केन्द्रित आन्दोलनपछि स्थानिक तहमा नगरपालिका, गाउँपालिकामा धर्ना दिँदै जारी राखिएको हो ।

धरानमा धरान उपमहानगरपालिका परिसरमा धर्नामा बसेर धरान क्षेत्रका शिक्षकहरू आन्दोलनलाई सघाई रहेका छन् । आज तेस्रो दिन शुक्रवार पनि धरानका सामुदायिक विद्यालयका शिक्षक कर्मचारी धर्नामा छन् ।

आन्दोलित शिक्षक, कर्मचारीहरूले अस्थायी शिक्षकहरू स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिरका बाल कक्षाका शिक्षक, अस्थायी अवधि गणना, निवृत्तिभरण, बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । 

धरानमा तेस्रो दिनको धर्ना संयुक्त सङ्घर्ष समितिका सहसंयोजक, ल्याबोरेटरी माविका प्रधानाध्यापक आस बहादुर राइको नेतृत्वमा जारी छ । उनका अनुसार धरानमा ४ सय ८५ जना शिक्षकहरू रहेकोमा कर्मचारी स्मृत ६ सय जना धर्नामा बसेका छन् ।

धरानमा १८ वटा मावि, ३८ आधारभूत विद्यालय र ३ वटा विशेष विद्यालय समेत ४९ विद्यालय छन् । धर्नामा विशेष विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु धरान-१५ ,पूर्वाञ्चल बहिरा धरान-१६ ,सुस्तमनस्थिती विद्यालय धरान-१६ का शिक्षकहरूमा बसेको बताइएको छ ।

सरस्वती आधारभूत विद्यालय धरान-१ का प्रधानाध्यापक राजेन्द्र खतिवडाले भने ‘पेन डाउन गरेर मात्र नहुने भएकाले माग पूरा गर्न शक्ति प्रदर्शन गर्नु परेको हो ।’ शिक्षक आन्दोलनलाई वार्ताबाट निकास दिन आज शुक्रवार पुनः वार्ता भएको छ । परिणाम भने सार्वजनिक भएको छैन ।

sikchhyak dharnama 3

sikchhyak dharnama 2