धरान : धरानमा स्काउटद्वारा प्रभातफेरी आयोजना सहित विश्व शान्ति दिवस मनाइएको छ ।

आज शनिवार न्यु भिजन ओपन स्काउट क्रियुको आयोजनामा प्रभातफेरी गरिएको हो । नेपाल स्काउट, धरान नगर तदर्थ समितिको सहयोगमा सर्वधर्म सभा पनि भएको छ ।

प्रभातफेरी शिक्षा निकेतन माविबाट सुरु भएर छाता चौक हुँदै धरान १२ चतरा लाइनमा रहेको एम्स एकेडेमी सम्म पुगेको थियो  । कलेजको प्राङ्गणमा सर्वधर्म प्रतीक राखेर विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । सभामा नगर उपप्रमुख प्रमुख स्काउट अईन्द्रविक्रम वेघा प्रमुख अतिथि थिए ।

स्काउटका कोशी प्रदेश संयोजक रवि खनाल, धरान वडा ८ का अध्यक्ष धनबहादुर राई, किराँत राई यायोख्खा अध्यक्ष राजेन्द्र राई, स्काउट प्रदेश सदस्य हेमन्त भण्डारी, म्यासेन्जर अफ पिस संयोजक सन्तोष घिमिरे, बेलवारी नगर संयोजक बादल देवान, धरान नगर संयोजक अनुप तामाङ लगायत सहभागी थिए ।

scout-pheri-3