इटहरी : नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दीपक खड्काले राजीनामा पदबाट दिएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका खड्काले समय व्यवस्थापन गर्न नसकेको भन्दै बुधवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।
संविधानसभा सदस्य समेत रहेका खड्का २०७९ मङ्सिरको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए । सङ्खुवासभा जिल्लाको पार्टी सङ्गठन मजबुत बन्दै गइरहेको बताउँदै उनले थप समय व्यवस्थापनमा समस्या भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
आगामी दिनमा नयाँ आउने सभापतिलाई सहयोग गरेर जाने उनले बाचा गरेका छन् । सङ्गठनलाई थप सुदृढ बनाउन दूर दराजका कार्यकर्ता सँग भेटघाट र छलफल गर्नुपर्ने भएको हुँदा आफू काठमाण्डौमा भएर त्यो सबै असम्भव भएकाले राजीनामा दिएको उनले बताएका छन् ।
Rajinama 1