धरान : उदयपुर जिल्ला त्रियुगा नपा–५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक लुकाएर राखेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार तामाङलाई एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई राखेको आरोपमा सोमवार प्रहरीले पक्राउ गरेको हो ।

तामाङले बन्दुक लुकाएर राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट गएको प्रहरी टोलीले उनको घर नजिक जंगलमा लुकाएको बन्दुक सहित पक्राउ गरिएको छ ।

तामाङलाई उदयपुर जिल्ला अदालयबाट हात हतियार खरखजना मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको जनाइएको छ ।