इटहरी : विदेश पढ्न जाने विद्यार्थीको परामर्श केन्द्रको रूपमा क्लाउड एजुकेसन सुरु भएको छ । डेनमार्क, अस्ट्रेलिया, क्यानडा तथा बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई ध्यानमा राखेर क्लाउड सुरु भएको हो ।
क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस अस्ट्रेलियाको सिड्नी बाट सुरु भएको शैक्षिक परामर्श केन्द्र हो । इटहरीमा चौथौँ शाखाको रूपमा खुलेको क्लाउडले पूर्वी नेपालका विद्यार्थीहरूलाई सेवा प्रदान गर्ने उद्देश राखेको छ ।
बिहीबार इटहरी ४ आइतबारेमा उद्योग वाणिज्य सङ्घ कोशी प्रदेश उपाध्यक्ष भीम बहादुर पौडेल को प्रमुख आतिथ्यमा क्लाउडको शाखा उद्घाटन भएको हो ।
उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, हिसान कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश दुलाल लगायतले  क्लाउड एजुकेशनको सफलताको शुभकामना व्यक्त गरे ।
क्लाउडका सिइओ अनीश गौतमले आगामी दिनमा विद्यार्थीहरूका लागि आवश्यक विभिन्न सुझाव तथा सहकार्य गर्ने बताए । भरपर्दो माध्यमबाट विदेशमा पढ्न जाने विद्यार्थीको लागि क्लाउड विश्वासिलो गन्तव्य हुने उनको भनाइ छ । बादल बराल, प्रणय थापा र सुजन पुरीको संयुक्त लगानीमा इटहरीमा क्लाउडको सेवा सुरु भएको हो ।