वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले भोलि शुक्रवार आदिवासी जनजाति उराँव जातिको महान् पर्व करम पूजा 'कर्माधर्मा' को अवसरमा अवशरमा स्थानिय बिदा दिने भएको छ ।

नगरपालिकाको वडा नं ६,८,९,१० र ११ मा उराँव जातिहरूको बसोबास रहेको र उक्त जातिको महान् पर्व करम पूजा 'कर्माधर्मा' को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्थानिय बिदा दिने निर्णय गरेको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लका अनुसार वराहक्षेत्र नगरपालिकाको सार्वजनिक बिदा घोषणा सम्बन्धी कार्यविधि २०७६ को दफा ३ (१) बमोजिम स्थानिय बिदा दिइएको हो ।

धार्मिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एव संवर्द्धन गर्ने उद्देश्यले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरिएको कार्यवाहक मेयर नन्दकुमारी सुनुवारले जानकारी दिइन् । शुक्रवार नगर कार्यपालिका अन्तर्गत शैक्षिक संस्था, वडा कार्यालय लगायतलाई  बिदा दिइएको छ ।

karma dharma parwa 2

barahachetra nagarpalika