झापा : झापाको दमकमा शुक्रवार बिहान छुरा प्रहारबाट एकको हत्या भएको छ।

इलाम चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बुको हत्या भएको हो ।

दमक नगरपालिका-१ कुमाल चोकमा रहेको रुवल माछा फ्राईमा उक्त घटना भएको स्थानीयले बताएका छन्।

राति अबेरसम्म मादक पदार्थ सेवन गरिरहेका सँगैका साथीहरू बिच शुक्रवार बिहान ४ बजे विवाद हुँदा लिम्बू माथि छुरा प्रहार भएको बुझिएको छ।

घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिएका छन् ।