धरान : हिजो दिउँसो आएको हुरी बतासका बेला वराहक्षेत्र पटनालीमा रुख ढलेर स्कुटरलाई किच्दा पछाडि बसेका रामधुनी गपा-६ झुम्काका ६० वर्षीय मुनरलाल चौधरीको मृत्यु भएको छ ।

हावाहुरी आउँदा वराहक्षेत्र-३ पटनाली जङ्गल मदन भण्डारी लोक मार्गमा रुख ढलेर को २९ प ६६०२ नम्बरको स्कुटरलाई हाँगा भाँचिएर चौधरीलाई लाग्दा टाउकोमा गम्भीर चोट लागि घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उक्त स्कुटर चालक झुम्काका २० वर्षीय सुरज चौधरीलाई भने केही नभएकोले सकुशल रहेको प्रहरीले जनाएको छ ।