धरान : झापाको बुद्धशान्ती गाउँपालिका-४ का ३६ वर्षीय सुरज थेबे र शिवसताक्षी नगरपालिका-७ का ४२ वर्षीय अमृत श्रेष्ठलाई लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो मेचीपुलबाट प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरी अनुसार उनीहरूबाट ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।  पक्राउ परेका दुबैजनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।