विराटनगर : विराटनगरको मधुमारा स्थित नमुना कलेजका विद्यार्थीहरूले शैक्षिक अवलोकन भ्रमण गरेका छन् । कलेजका कक्षा-११ का विद्यार्थीहरूले चप्पल उत्पादक कम्पनी म्याजिक फुटवेयरको भ्रमण गरेका हुन ।

विद्यार्थीलाई सैद्धान्तिक सँगै प्रयोगात्मक ज्ञानको समेत विकास होस भनेर भ्रमण गराइएको कलेजका प्रधानाध्यापक शिव अधिकारीले जानकारी दिनुभयो । 

भ्रमणमा चप्पल उत्पादन देखि प्याकेजिङ सम्मको तयारीका बारेमा उद्योगका कर्मचारीहरूले जानकारी गराएका थिए । साथै जुत्ता चप्पल भारतमा समेत निर्यात गर्ने, कच्चा पदार्थ प्रयोग पछि बाकी सामाग्री पुन प्रयोग गरिने , गुणस्तरको नियमित चेक जाँच गरिने कम्पनीका कर्मचारीले जानकारी गराएका थिए ।

विद्यार्थीहरूले यस्तो शैक्षिक अवलोकन भ्रमण यस अघि आफूहरूले नगरेको र नमुना कलेजमा आएको केही समयमा नै यस किसिमको भ्रमण भएकाले आफूहरूले धेरै कुरा सिक्न पाएको र यो ज्ञानले जीवन मा राम्रो प्रभाव पर्ने  भन्दै खुसी व्यक्त गरे ।

यसै वर्ष स्थापना भएको कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि शैक्षिक अवलोकन भ्रमण खेलकुद, सङ्गीत जस्ता पाठ्यक्रम भन्दा बाहिरका विषय बस्तुलाई समेत विद्यार्थीलाई उपलब्ध गराउने कलेजको अर्डिनेटर आर के मण्डलले जानकारी दिए ।