इटहरी : एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । सोमबार राती सम्पन्न मतगणनामा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

पूर्व सांसद समेत रहेका खतिवडाले ५१२ मत ल्याउँदा ढकालले ४३९ मत प्राप्त गरे । मोरङको साबिक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका हुन्  ।